मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसको सुदृढीकरणका लागि महाधिवेशन आवश्यक : नेता कोइराला

काँग्रेसको सुदृढीकरणका लागि महाधिवेशन आवश्यक : नेता कोइराला


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने र कोरोना भाइरस सङ्क्रमण कारण निर्धारित समयमा गर्न नसकिए आगामी चैत वैशाखसम्म भए पनि सम्पन्न गर्नुपर्ने बताएका छन् । 

काँग्रेसको सुनसरी–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा उनले महाधिवेशन समयमा गर्नुपर्ने भए पनि पार्टी नेतृत्व अल्मलिएको जस्तो देखिएको भन्दै जिल्लामा क्रियाशील सदस्यताको विषयमा चनाखो भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए । नेता कोइरालाले काँग्रेसमा अधिवेशनका बेला मात्र चलायमान हुने परम्परालाई हटाउँदै वर्षभरि नै चलायमान हुँदामात्र पार्टी बलियो हुने बताए ।

डा कोइरालाले काँग्रेसले पार्टीका आधारभूत सिद्धान्तमा कुनै पनि हालतमा सम्झौता नगर्ने उल्लेख गर्दै काँग्रेस पुनःबलियो अवस्थामा फर्कन देशभरका सबै कार्यकर्ता एकजुट हुनुपर्ने बताए । 

कार्यक्रममा सम्पर्क समितिका सभापति बाबुराम आचार्यले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय नेतृत्व सर्वसम्मतिमा चयन गर्नसके पार्टीका गुटउपगुट अन्त्य हुने विचार व्यक्त गर्दै त्यसका लागि पहल गर्न डा कोइरालालाई आग्रह गरेका थिए । कार्यक्रममा १३३ जनाले रक्तदान गरेका थिए । रासस