मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेकपा सचिवालय बैठक बोलाउन सामूहिक आग्रह गरिने

नेकपा सचिवालय बैठक बोलाउन सामूहिक आग्रह गरिने


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यको अनौपचारिक बैठकले पार्टीभित्र पछिल्ला दिनमा देखिएका समस्या समाधानका लागि सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिकरुपमा आग्रह गर्ने भएका छन् ।  

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोजना गर्नुभएको अनौपचारिक बैठकले पार्टी र सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउन र पछिल्ला दिनमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने गरी सचिवालय तथा अन्य निकायको बैठक बोलाउन सामूहिकरुपमा आग्रह गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Advertisement

कार्यकारी अध्यक्षले नै औपचारिक बैठक बोलाउन सक्ने भए पनि सहमतिका आधारमा अगाडि बढ्न अध्यक्ष ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।  

दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार सामूहिकरुपमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेर बैठक बोलाउन आग्रह गर्ने उनले जानकारी दिए ।

पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउने, अहिलेसम्मको कामको समीक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाउन अनुरोध गरिने उनको भनाइ थियो ।

कूल नौ सदस्यीय सचिवालय सदस्यमध्ये आजको बैठकमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए । प्रधानमन्त्री ओली, महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा भने बैठकमा सहभागी भएका थिएनन् । रासस

 

शेयर गर्नुहोस:

54
Shares