मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजार बढीको मृत्यु

भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजार बढीको मृत्यु


नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बेलुकासम्म ७७ लाख ६३ हजार ६७ पुगेको छ । 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घन्टामा ५४ हजार ४८२ जना नयाँ संक्रमित थपिएका र ६९० जनाको संक्रमणका कारण मृत्यु भएको जनाएको छ । 

Advertisement

मन्त्रालयका अनुसार भारतमा अझै पनि ६ लाख ९७ हजार व्यक्तिमा सक्रिय संक्रमित अवस्थामा छन् भने ६९ लाख ४८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । 

भारतमा शुक्रबारसम्म एक लाख १७ हजार ३६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

भारतमा सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा एक लाख ५९ हजार व्यक्तिमा सक्रिय संक्रमित अवस्थामा रहेका छन् । यहाँ कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ४२ हजार ६३३ जनाको मृत्यु भइसकेको छ । 

अर्को सबैभन्दा प्रभावित कर्नाटक राज्यमा एक लाख व्यक्तिमा कोरोनाको संक्रमण रहेको छ भने ६ लाख ७१ हजार व्यक्ति संक्रमणमुक्त भएका छ । यहाँ १० हजार ६९६ जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । 

केरला राज्यमा अझै पनि ९३ हजार ५२७ जना व्यक्तिमा कोरोना संक्रमण रहेको छ । करिब २ लाख ६८ हजार व्यक्ति संक्रमणमुक्त भइसकेको केरलामा एक हजार २३२ जनाको ज्यान गएको थियो । पश्चिम बंगाल राज्यमा ३५ हजार, तमिलनाडूमा ३५ हजार र नयाँदिल्लीमा २४ हजार व्यक्तिमा कोरोनाभाइरसका सक्रिय संक्रमित व्यक्ति रहेका छन् । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर कोरोनाभाइरसका करिब १० करोड नमुना परीक्षण गरेको जनाएको छ । एएनआई

 

शेयर गर्नुहोस:

351
Shares