मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

सरकार सङ्क्रमितको उपचार गर्ने दायित्वबाट विमुख हुन मिल्दैन : नेता नेपाल

सरकार सङ्क्रमितको उपचार गर्ने दायित्वबाट विमुख हुन मिल्दैन : नेता नेपाल


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।  

महामारीको बेला राज्यले सबै नागरिकको उपचार गर्नुपर्नेमा सरकारको यस निर्णयले नागरिकमाआतङ्क सिर्जना गरेको भन्दै उनले उक्त निर्णय फिर्ता लिन माग गरेका हुन् ।  

Advertisement

सङ्क्रामक रोगसम्बन्धी विद्यमान कानुनी प्रावधानले पनि सरकारलाई सङ्क्रमितको उपचार गर्ने दायित्व सुम्पिएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री नेपालले महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने बताए । 

सरकारले यही कात्तिक २ गतेदेखि विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक तथा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्र निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । 

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालले सङ्कटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय अनुचित रहेको बताएका छन् ।  

उनले सरकारको निर्णयका आधारमा सरकारी अस्पतालले निःशुल्क उपचार बन्द गरेको कारण सङ्क्रमित नागरिक थप मारमा परेको पनि उल्लेख गरेका छन् । रासस

शेयर गर्नुहोस:

0
Shares