मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

जाडोयाममा महामारी बढ्न सक्ने हुँदा पूर्वतयारीमा जुट्न प्रधानसेनापतिको निर्देशन

जाडोयाममा महामारी बढ्न सक्ने हुँदा पूर्वतयारीमा जुट्न प्रधानसेनापतिको निर्देशन


काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडो याममा महामारी बढ्न सक्ने देखिएकाले सबै पृतनालाई सरोकार निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् ।  

सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक’ को समापन गर्दै उनले कोभिड–१९ बाट जाडोयाममा आउन सक्ने जोखिमको पूर्वाअनुमान गर्दै परिपक्व योजना बनाएर समन्वयका साथ काम गर्न निर्देशन दिए । 

Advertisement

महामारीबाट फौज र तिनका परिवारलाई सुरक्षित राख्नका लागि स्वास्थ्य सुरक्षामा विशेष ध्यान पु¥याउन सल्लाह दिँदै प्रधानसेनापतिले कोभिड–१९ को संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्न निर्देशन दिए ।  

उनले भने, सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालीमा आधारित तुल्याउन थप बल पु¥याएको छ ।  

बैठकमा जङ्गीअड्डाका मातहतका महानिर्देशनालय, निर्देशनालय, विभाग र पृतनाले आआफ्ना कार्यप्रगति, सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड–१९ बाट सिर्जित सुरक्षा चुनौती एवं आगामी कार्यनीतिका सम्बन्धमा सुझावसहितको प्रस्तुतीकरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस

 

शेयर गर्नुहोस:

0
Shares