काठमाडौँ । नेपालमा सोमबार ४०४७ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।
एकैदिन कोरोना संक्रमण निको भई १४७३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । जुन कुल संक्रमितको ६९.१२ प्रतिशत हो ।
काठमाडौँ उपत्यकामा थप २२८३ जना संक्रमित थपिएका छन् । काठमाडौँका १८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ४३ हजार १२० पुगेको छ । जसमा काठमाडौँमा कुल ३२ हजार १५१, ललितपुरमा ५ हजार ४२६ र भक्तपुरमा ३ हजार ३७६ जना रहेका छन् ।
मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।
प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १४ हजार ५३० जनासहित हालसम्म ११ लाख ९१ हजार ५१४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ८३१ जना क्वारेन्टाइनमा र ३३ हजार ८८० जना आइसोलेसनमा रहेका छन् ।
सक्रिय सङ्क्रमितमध्ये १९ हजार ९५७ जना होम आइसोलेसनमा र १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार देशभर २७९ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ६७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रतिक्रिया