काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई कोरोना संक्रमण भएको छ। केन्द्रीय समितिको बैठकका लागि गरिएको पिसिआर परीक्षणका क्रममा शनिबार उनलाई कोरोना पुष्टि भएको हो । नेता थापाको स्वास्थय अवस्था सामान्य छ भने उनमा कुनै पनि लक्षण देखिएको छैन ।
यसअघि उनका ससुरासमेत रहेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना कांग्रेस नेतामा कोरोना पुष्टि भएको थियो । नेता केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीलगायतलाई संक्रमण देखिएको हो ।
नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय सदस्यहरुसहित केन्द्रीय कार्यालयका कर्मचारी र नेताहरुका सुरक्षागार्डसहित २४१ जनाको स्वाब संकलन गरेकोमा स्वाबको शनिबार रिपोर्ट सार्वजनिक भएको हो । कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण
कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको केही दिनअघि मात्र पिसिआर रिपोर्ट नेगेटिभ आएकाले स्वाब संकलन गरिएको थिएन । नेता कोइराला यसअघि संक्रमित भई केही दिनको स्वास्थ्य लाभपश्चात् संक्रमण मुक्त भएका हुन् ।












प्रतिक्रिया