काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार थप ११७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १००१, ललितपुरका १०९ र भक्तपुरका ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या २७ हजार ६९ पुगेको छ । जसमा काठमाडौँमा कुल २२ हजार १८७, ललितपुरमा २ हजार ८७९ र भक्तपुरमा २ हजार ३२७ जना रहेका छन् ।
काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ८२५ जना रहेका छन् । जसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ सङ्क्रमित भएका छन् ।
त्यसैगरी वडा नं ३, ११, १३, १६ मा पनि ५०० बढी सङ्क्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । होम आइसोलेसनमा बस्नेको सङ्ख्या दुई हजार ९९० रहेको छ ।
हाल अस्पतालमा उपचार गराइरहेका ५७२, संस्थागत आइसोलेसनमा ५८३ रहेका छन् । पाँच हजार ५०९ जना निको भएर घर फर्किसकेको कामपाको भनाइ छ । प्रमुख कुँवरका अनुसार सङ्क्रमणको कारण ८० जनाको मृत्यु भएको छ ।












प्रतिक्रिया