मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कोरोना संक्रमणबाट राजधानीका आठसहित एकैदिन १५ जनाको मृत्यु

कोरोना संक्रमणबाट राजधानीका आठसहित एकैदिन १५ जनाको मृत्यु


काठमाडौँ । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमणबाट आज एकै दिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला पाँच र पुरुष १० जनाको सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए । 

मृत्यु भएकामध्ये काठमाडौँ उपत्यकामा मात्र आठ जना रहेका छन् । तीमध्ये काठमाडौँ जिल्लाका छ र ललितपुर तथा भक्तपुरका एक/एक जना रहेका छन् । उनका अनुसार मोरङका ४० र ७० वर्षीय दुई पुरुष, काठमाडौँका ७७ वर्षीय, ६२ वर्षीय, ७३ वर्षीय, ८५ वर्षीय, ७० वर्षीया र ६१ वर्षीया महिला रहेका छन् । यस्तै ललितपुरका ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष, रामेछापका २३ वर्षीय पुरुष रहेका छन् । 

Advertisement

यस्तै गोरखाकी ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला र कपिलवस्तुकी ४७ वर्षीया महिला छन् । आजसँगै सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ३६० पुगेको छ । नेपालमा सङ्क्रमित हुनेबाट निधन हुने ०.६५ प्रतिशत रहेको छ । 

शेयर गर्नुहोस:

648
Shares