अस्टिनको दशैँ डबल्स पिकलबलमा ड्यालसको जोडी प्रथम

अष्टिन, टेक्सास – नेपाली समुदायले बडा दशैँको अवसरमा आयोजना गरेको 'दशैँ डबल्स पिकलबल' प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ। स्थानिय युवाहरुको संस्था खेलुम एटीएक्सले आयोजना गरेको प्रतियोगितामा १२ टोलीबीच प्रतिस्पर्धा भएको थियो। टोलीहरूलाई तीन समूहमा विभाजन गरी राउण्ड रोबिन शैलीमा खेलाइएको प्रतियोगितामा ड्यालसका बिपिन कोइराला र धिरज श्रेष्ठ विजयी बने। अष्टिनका आर्यन पराजुली र हर्का राई…