मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

एनपिएल : विराटनगर किङ्ग्सलाई हराउँदै लुम्बिनीको तेस्रो जीत

एनपिएल : विराटनगर किङ्ग्सलाई हराउँदै लुम्बिनीको तेस्रो जीत


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा तेस्रो जीत निकालेको छ ।

जीत निकाल्ने क्रममा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ५ विकेटले पराजित गर्‍यो । जीतका लागि पाएको १४५ रनको लक्ष्य लुम्बिनीले ५ विकेट गुमाउँदै पूरा गर्‍यो । जसमा ओपनर ब्याटर डार्सी सर्टले सर्वाधिक ५७ रनको योगदान गरे ।

विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभास भण्डारीले दुई दुई र बसिर अहमदले एक विकेट हात पारे । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनायो । विराटनगरका लोकेश बमले सर्वाधिक ३५, बसिर अहमदले २८, साम हिजलेटले २७ रन जोडे । लुम्बिनीका शेर मल्लले ३ विकेट झारे ।

यो जीतसँगै छ अङ्क जोडेको लुम्बिनीले पनि प्लेअफको सम्भावना बढाएको छ । छ खेलबाट आठ अङ्क रहेको विराटनगरको पनि प्लेअफको दौडमा छ ।

शेयर गर्नुहोस:

54
Shares