मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

एनपिएल इतिहासकै तेस्रो शतक एडमको नाममा

एनपिएल इतिहासकै तेस्रो शतक एडमको नाममा


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासमा हालसम्म तीन शतक मात्रै प्रहार भएका छन् । तेस्रो शतक पोखरा एभेन्जर्सका एडम रोसिङ्टनको नाममा दर्ज भएको छ ।

राजधानीमा जारी दोस्रो संस्करणको एनपिएलमा एडमले आज कर्णाली याक्सका विरूद्ध शतक हिर्काए । उनी ५८ बलमा १०८ रनमा अविजित रहे ।

यससँगै एडम जारी सिजनमा शतक प्रहार गर्ने दोस्रो खेलाडीसमेत बने । यसअघि कर्णाली याक्सका मार्क वाटले मात्रै शतक जोड्न सकेका थिए । वाटले मङ्सिर ६ गते लुम्बिनी लायन्सविरुद्धको खेलमा वाटले शतक प्रहार गरेका थिए ।

उनले ४१ बलमा ६ चौका र १० छक्कासहित शतक पूरा गरेका थिए । उक्त खेलमा वाट ४४ बल खेल्दै १२ छक्का र छ चौका हिर्काउँदै ११४ रनमा अविजित रहे ।

गत वर्ष सम्पन्न पहिलो संस्करणमा पोखराका आन्द्रेस गोउस मात्रै शतक हिर्काउने खेलाडी थिए । उनले लुम्बिनीविरुद्ध शतक प्रहार गर्दै १०४ रन बनाएका थिए ।

हालसम्म शतक हिर्काउने सबै विदेशी खेलाडी रहेका छन् । एडम रोसिङटन इङ्ग्ल्याण्ड, मार्क वाट स्कटल्याण्ड, आन्द्रिज गोउस अमेरिकी खेलाडी हुन् ।

शेयर गर्नुहोस:

243
Shares