नारायणगढ– नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय भरतपुरको कृष्णपुरमा बुधबार एकाबिहान ठूलो भीड लाग्यो । त्यहाँ आउने पाहुनाहरु सबैको अनुहार अँध्यारो देखिन्थ्यो । धेरैका आँखाहरु आँसुले टिलपिलाएका थिए । सबैका बोली मधुर थियो । वरिपरि एकखालको सन्नाटा छाएजस्तो भएको थियो । उपस्थिति हुनेहरु ‘कस्तो दुखद् घटना !’ भन्दै ग्लानि गरिरहेका थिए । सूर्यको किरणले चारैतिर उज्यालो…