काठमाडौँ । विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् । तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबीच विस्तृत शान्ति सम्झौता ०६३ साल मङ्सिर ५ गते भएको थियो । भोलि बुधबार सो शान्ति सम्झौता भएको १२ वर्ष पुग्दैछ । तर, द्वन्द्वका पीडितले न्यायको अनुभूति अहिलेसम्म गर्न पाएका छैनन् ।…