सिकागो । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार राति सिकागोको युनाइटेड सेन्टरमा आयोजित डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता गरेकी छन् । यो उनको उम्मेदवारीका लागि पार्टीमा औपचारिक स्वीकृति हो । अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन स्वीकार गर्दै डेमोक्र्याट्सको तर्फबाट अमेरिकाको नेतृत्व गर्ने पहिलो अश्वेत महिला उम्मेदवार ह्यारिसले सम्मेलनलाई सम्बोधन गरेकी थिइन्…