मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न एकता कायम गरौँ : महासचिव गुटेरेस

जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न एकता कायम गरौँ : महासचिव गुटेरेस

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाकु (अजरबैजान) । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला चुनौतीलाई सम्बोधन गर्नका लागि जलवायुको वित्तमा नयाँ सम्झौता हुनुपर्नेमा जोड दिएका छन् ।

सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) लाई सम्बोधन गर्दै उनले तापक्रम वृद्धि रोक्न सबैले पहल गर्नुपर्ने बताए ।

‘नयाँ वित्तीय लक्ष्य निर्धारण गर्नुपर्छ, विकासशील देशहरूले बाकुबाट खाली हात फर्कनु हुँदैन,’ उनले भने । विश्वको तापमान १ दशमलव ५ डिग्री सेल्सियस तापमान वृद्धिलाई सीमित गर्न पर्याप्त तयारी गर्न आवश्यक रहेको उनको भनाइ छ । जलवायुको भुक्तानी दिन आग्रह गर्दै महासचिव गुटेरेसले जलवायु–प्रेरित मानवीय विपद् रोक्नुपर्नेमा जोड दिए ।

उद्घाटन समारोहमा अजरबैजनका राष्ट्रपति इल्हामले विश्वभरका करिब २ सय मुलुकका प्रतिनिधिलाई स्वागत गर्दै सबैलाई जलवायुले निम्ताएका समस्या समाधान गर्न एकता कायम गर्न आग्रह गरे । उनले जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधान गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

संयुक्त राष्ट्र जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले जलवायु सङ्कट तीव्र गतिमा अर्थतन्त्रलाई नष्ट गर्ने कारक बन्दै गरेको बताए । उनले विश्वभर बढिरहेको जलवायुजन्य सङ्कटले संसारको हरेक व्यक्ति कुनै न कुनै तरिकामा प्रभावित गरिरहेको बताए । जलवायुजन्य समस्या समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्ने उनको जोड थियो ।

धेरै देशहरूमा जलवायु असरहरूले ५ प्रतिशतसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) घटाइरहेको भन्दै सचिव स्टियलले जलवायु विपद्हरूले घरपरिवार र व्यवसायको खर्च बढाइरहेको बताए । उनका अनुसार यदि हरेक देशले साहसिक रूपमा जलवायु न्यूनीकरणका लागि एक्सन लिन सकिएन भने जलवायुका असरले महँगीलाई थप बढाउने छ ।

स्टियललका अनुसार महत्वाकांक्षी नयाँ जलवायुवित्तको लक्ष्य हरेक राष्ट्रको अझै सबैभन्दा ठूलो र धनी राष्ट्रहरू समेतको हितमा छ ।

‘जलवायु लक्ष्यमा सहमति मात्र पर्याप्त छैन । हामीले विश्व वित्तीय प्रणालीलाई पुनः परिमार्जन गर्न कोसिस गर्नुपर्छ । आवश्यक पर्ने राष्ट्रहरूलाई आवश्यक वित्तीय सहयोग दिनुपर्नेछ’, उनले भने, ‘यहीँ बाकुमा, हामीले अन्तर्राष्ट्रिय कार्बन बजार सञ्चालनमा ल्याउन, पेरिस सम्झौताको अनुच्छेद ६ लाई अन्तिमरूप दिनैपर्छ । हामीले पूर्वनिर्धारित लक्ष्यअनुसार अघि बढ्नैपर्छ ।’