बेइजिङ । अमेरिकासँगको व्यापार वार्तापछि चीनले अमेरिकी हवाईजहाज निर्माता बोइङमाथिको प्रतिबन्ध हटाएको छ । दुवै देशले व्यापार युद्धलाई रोक्दै अस्थायी रूपमा भन्सार शुल्कहरू घटाउन सहमति जनाएपछि चीनले बोइङमाथिको प्रतिबन्ध हटाएको ब्लूमबर्ग न्युजको रिपोर्टलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । गएको महिना दुवै देशबीच व्यापार युद्ध चर्किँदै जाँदा एकअर्कालाई भारी शुल्क लगाएपछि चीनले घरेलु एअरलाइन्सहरूलाई नयाँ…