अमेरिका, बोस्टन। नेपाल बाहिर रहेका प्रवासी नेपालीहरु आबद्ध संस्था गैरआवासीय नेपाली संघ(एनआरएनए)लामो समयदेखि आन्तरिक विवादमा जेलिदै आइरहेको छ। विवादहरु उत्कर्षमा पुगेकाले कानूनी उचारका लागि सर्वोच्चसम्म पुगिसक्दा पनि सर्वमान्य निकास अझै निस्किन सकेको छैन। पद लोलुपता, स्वार्थ, विवाद, आरोप प्रत्यारोप, छिनाझम्टी, राजनितिक खिचातानी, सरकारी हस्तक्षेप आदिइत्यादिका कारण एनआरएनएको संस्थागत उद्देश्यहरु कागतमै सिमित छन्। विवादै विवादको घेराबन्दीका…