जेरुसेलम । इजरायलका शीर्ष जनरल इयाल जमीरले प्यालेस्टिनी इलाकामा बन्धकहरूको छिटो रिहाइ गर्ने वार्ता असफल भएमा गाजामा लडाइँ जारी रहने चेतावनी दिएका छन् ।
सेना प्रमुख लेफ्टिनेन्ट जनरल जमीरले गाजाका अधिकारीहरूलाई सम्बोधन गर्दै विज्ञप्ति मार्फत आगामी दिनमा बन्धकहरूको रिहाइका लागि सहमतिमा नपुगे यद्ध जारी रहेन बताएका छन् ।
इजरायली सेनाले सार्वननिक गरेको फुटेजमा जमीरले कमान्ड सेन्टरमा सैनिक र अधिकारीहरूलाई भेट्दै गरेको देखाइएको छ । प्यालेस्टिनी सशस्त्र समूहहरूले यस हप्ता बन्धकहरूकोे दुईवटा भिडियोहरू सार्वजनिक गरेको जनाइएको छ ।
यसअघि युक्त राज्य अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा–युद्धविराम र बन्दकहरुको रिहाइको लागि आयोजित वार्ता सफल हुन नसके पछि हाल युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढी रहेको छ ।
यसैबीच, सहायता एजेन्सीहरूले गाजानहरुले सहायतामा इजरायली प्रतिबन्धले उत्पन्न विनाशकारी अनिकालको सामना गरिरहेको चेतावनी दिएका छन् । तथापि, जमीरले यी आरोपहरूलाई अस्वीकार गर्दै गाजाका बासिन्दाहरूको हत्या र पीडाको जिम्मेवार हमास भएको उल्लेख गरेका छन् । एएफपी












प्रतिक्रिया