मेक्सिको सिटी । कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभियान सुरु हुँदैछ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिने बताएको छ । उपस्वास्थ्य मन्त्री ह्युगो लोपेज–गाटेलका अनुसार पहिलो चरणको खोप अभियान यही डिसेम्बर महिनाको तेस्रो साताबाट शुरु हुने र त्यो फेब्रुअरी २०२१ सम्म चल्नेछ…