मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

संसद् विघटन गरी ताजा जनादेशमा जाने निर्णयप्रति प्रवासी नेपाली एकता मञ्चको स्वागत

संसद् विघटन गरी ताजा जनादेशमा जाने निर्णयप्रति प्रवासी नेपाली एकता मञ्चको स्वागत

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रवासी नेपाली एकता मञ्चको ३३ देशमा रहेका अध्यक्ष एवं सचिवहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ र २७ गते अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको घोषणा गर्ने निर्णयको स्वागत गरेका छन् । 

यही पुस ५ गते तदनुसार २०२० डिसेम्बर २० का दिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यास बमोजिम ताजा जनादेशका लागि नेपाली जनता समक्ष जाने निर्णय स्वागतयोग्य रहेको मञ्चद्वार जारी विज्ञप्तिमा जनाइएको छ ।  

तीन वर्ष पहिलेको आमनिर्वाचनबाट नेपाली जनताले राजनीतिक स्थिरता, शान्ति, विकास र समृद्धिको लागि अत्याधिक बहुमतसहितको जनमत यस सरकारलाई दिए पनि नेकपाभित्रको अस्वभाविक अन्तरपार्टी विग्रहले अत्याधिक जनमतद्वारा गठित लोकप्रिय सरकारलाई अनेकौँ बाधाव्यवधान खडा गरी हलचल गर्नै नदिने अवस्थामा पुर्‍याइएको विज्ञप्तिमा भनिएको छ । 

आगामी पार्टी महाधिवेशनबाट पार्टी अध्यक्ष छोड्ने र आगामी आम निर्वाचनबाट सरकारको नेतृत्वबाट बिदा लिने लिखित प्रतिबद्धता गरेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई दिनहुँजसो अत्तो थापी सरकार र पार्टीलाई चल्नै नदिने अवस्थामा पुर्‍याइएको स्मरण गर्दै भर्खरैमात्र संवैधानिक परिषदको बैठकमा संवैधानिक दायित्वमा रहेको सभामुखलाई पार्टी गुटको निर्देशनअनुसार अनुपस्थित गराई अढाई वर्षदेखि रिक्त रहेको संवैधानिक निकायहरुलाई निकम्मा नै बनाई छाड्ने कामसमेत गरेको कुरा घाम जति नै छर्लङ्ग रहेको मञ्चले ठहर गरेको छ । 

पार्टीलाई व्यवस्थित र एकताबद्ध बनाई सरकारले गरेका हरेक जनप्रिय कामहरुको पक्षमा जनमाहौल सृजना गरी तिनीहरुको प्रभावकारी कार्यान्वयनमा जनपरिचालन गर्नुको सट्टा पार्टीमा गुटबन्दीपूर्ण अवस्था बनाइएको, पार्टीका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव तयार पार्ने र राष्ट्रपतिविरुद्ध नै महाअभियोगको तयारी गर्नेमात्रै नभई पार्टीका आफ्नै कमरेडहरुलाई चोर, मानसिक रोगी, पागल, गुटवाज, भ्रष्ट, अलोकतान्त्रिक, अधिनायकवादीजस्ता अत्यन्तै घीनलाग्दा अराजनीतिक आरोपहरु लगाउनुका साथै सम्मानित प्रधानमन्त्री र राष्ट्रपतिलाई मानसिक रोगी, उखाने, भ्रष्ट, अधिनायकवादी, महारानीजस्ता अत्यन्तै घृणित लान्छनाहरु लगाई पार्टीभित्र अराजक र शत्रुतापूर्ण अवस्था बनाएकोले नै आजको यो अवस्था बनेको विज्ञप्तिमा जनाइएको छ । 

यस विषम परिस्थितिको जिम्मेवारी पार्टीका अर्का अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) र सचिवालयका वरिष्ठ नेता कमरेड माधवकुमार नेपालसहितले लिनुपर्ने ठहर मञ्चको छ । वर्तमान संसदको केही वर्षको अवधि बाँकी छँदै आमनिर्वाचनमा जाने अवस्था बन्नु अवश्य पनि सुखद होइन । तथापि, यस विषम परिस्थितिको एकमात्र उपयुक्त विकल्प जनताको ताजा जनादेश लिनु नै रहेको मञ्चले स्पष्ट गरेको छ । 

जनताले गर्ने फैसलाबाट नै देश अघि बढ्नुपर्ने जनाउँदै प्रवासमा संसारभरि छरिएर रहेका नेकपा ओली समर्थित प्रवासी नपाली एकता मञ्चले आम निर्वाचनलाई हार्दिक स्वागत गर्दै लोकतन्त्रमा जनता जहिले पनि न्यायाधीश हुने भएकोले नेपाली जनताको ताजा जनादेश लिन निर्वाचनमा सहभागी हुन आम नेपाली जनसमुदायमा हार्दिक अपिल गरेका छन् । 

प्रवासी नेपाली एकता मञ्चहरूको तर्फबाट ऐक्यबद्धता जाहेर गर्नेहरुमा प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा, अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, कतारका अध्यक्ष चानक पोखरेल, क्यानडाका अध्यक्ष रमेश थापा, भारतका अध्यक्ष लोकनाथ भण्डारी, इजरायलका अध्यक्ष तीर्थ गौतम, पोर्चुगलका अध्यक्ष गोविन्द पौडेल, फ्रान्सका अध्यक्ष भक्त वाग्ले, नर्वेका अध्यक्ष विश्वास बजगाईं, स्पेनका अध्यक्ष हेम शेर्पा, पोल्याण्डका अध्यक्ष टंक कटुवाल, चेक रिपब्लिकका अध्यक्ष उत्तम आचार्य, इटालीका अध्यक्ष धर्मराज पाण्डे, फिनल्याण्डका अध्यक्ष कोमल पौडेल, बहराईनका अध्यक्ष शालिग्राम पन्त, न्युजिल्याण्डका अध्यक्ष आत्माराम खनाल, जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्य, रसियाका अध्यक्ष डा। मनमूर्ति भुर्तेल, मकाउका अध्यक्ष शिव थापा, नेदरल्याण्डका अध्यक्ष प्रेम काजी गुरुङ, दक्षिण कोरियाका अध्यक्ष पर्शुराम सापकोटा र कुवेतका अध्यक्ष राजकुमार थापा रहेका छन् । 

यसैगरी, प्रधानमन्त्रीको ताजा जनादेशको निर्णयप्रति स्वीट्जरल्याण्डका सचिव विक्रम केसी, बेल्जियमका सचिव बोधराज पौडेल, स्वीडेनकी सचिव गंगा घिमिरे, आयरल्याण्डकी सचिव चन्द्रकला निरौला, युएईका सचिव श्यामराज पाठक, मलेसियाका सचिव दयाराम कुमाल, चेक रिपब्लिकका सचिव यदुराम पन्थी, फिनल्याण्डका सचिव मनोज भुसाल, न्युजिल्याण्डका सचिव मिलन जिसी, ओमनका सचिव महेशप्रसाद न्यौपाने र पोल्याण्डका सचिव विनोदकुमार आचार्यले स्वागत गरेका छन् ।