जलालाबाद (अफगानिस्तान) । अफगानिस्तान र पाकिस्तानबीच चर्किँदै गएको सैन्य तनावबीच शनिबार जलालाबाद सहरमा एक पाकिस्तानी लडाकू जेट खसालिएको र त्यसका पाइलटलाई जीवित अवस्थामा नियन्त्रणमा लिइएको अफगान सुरक्षा निकायहरूले जनाएका छन् । घटनाले दुई देशबीचको द्वन्द्व थप गहिरिएको सङ्केत गरेको छ । प्रहरी प्रवक्ता तैयब हम्मादका अनुसार जलालाबाद सहरको प्रशासनिक क्षेत्र नम्बर ६ मा उडिरहेको पाकिस्तानी…