लन्डन । अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले युक्रेन माथिको आक्रमण रोक्न रुसलाई दबाब दिने भएका छन् । बेलायती सरकारद्वारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दबाब बढाउने निर्णय गरेका हुन् । युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ ।…