सानफ्रान्सिस्को - अमेरिका स्थित नेपाली मुलका पत्रकारहरुको संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १५औं साधारणसभा हुने भएको छ। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको प्रमुख आतिथ्यता रहने उक्त साधारणसभा, यहीँ आउँदो जुलाई २३ र २४ तारिखका दिन अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा हुन लागेको हो। साधारणसभाको मिति नजिकिदै गर्दा साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि…