मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक संजाल   

यज्ञश भन्छन्

यज्ञश भन्छन्

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-सामान्यतयाः साप्ताहिक बिदा बाहेकका प्राय बिदाहरू राजनीतिक हुन्छन्, राजनीतिक कारणले दिइन्छन्। चाडबाडका अवसरमा दिइने बिदालाई सांस्कृतिक र धार्मिक बिदाको खास्टो ओडाए पनि त्यो खासमा राजनीतिक नै निर्णय हो। यदि त्यस्तो हुन्थेन भने सबैका चाडमा बराबर दिन बिदा हुन्थ्यो, सबैका बिदामा सरकारले आफ्ना कर्मचारीलाई बोनस बाँड्थ्यो। जब बिदालाई दिइने महत्वका पछाडि चाडलाई मान्नेको धर्म, जाति, संख्या र वर्ग हुन्छ एवं बिदाको निर्णय गर्नेको पनि धर्म, जाति र वर्गले काम गर्छ भने त्यो राजनीतिक हुन्छ।

-राजनीतिक दल, कुनै विचार वा स्वार्थ बोकेको समूहले आफू अनुकूल ‘पर्व’मा बिदा दिएर आफ्नो पर्वलाई वैधानिकता दिने प्रयास गर्छन्। पहिले राजाहरूको जन्मदिनमा, विदेश भ्रमणमा बिदा दिने गरिन्थ्यो। किनभने त्यसबेला राजालाई नै विचार मानिन्थ्यो, शासन चलाउन आवश्यक विचार र अथोरोटी जनता होइन, राजाबाट खोजिन्थ्यो। राप्रपा सरकारमा आउनासाथ पृथ्वी जयन्तिमा विदा दिइयो। माओवादीले जनयुद्ध दिवसमा दियो। कांग्रेस एमालेले सहिद दिवस र लोकतन्त्र दिवसमा बिदा दिएका थिए। विभिन्न स्थानीय सरकार र प्रदेश सरकारहरूले पनि यो अभ्यास गरेका छन्। फरक विचार र वर्गका प्रतिनिधिले आफ्नो विचारलाई व्यवस्थाको प्रमुख आधारका रूपमा स्थापित गर्ने उद्देश्यले बिदाको निर्णय लाद्ने गर्छन्।

-ताज्जुब लागेको चाहिँ प्रचण्डले पृथ्वी जयन्तीमा बिदा दिएको पनि थियो। किनभने उनले जुन जनयुद्धको अतिरिक्त महिमामण्डन (ग्लोरीफिकेसन) लागि राष्ट्रिय दिवस घोषणा गरे त्यो विचारले पृथ्वी जयन्तीलाई चिन्दैन। तर, साथै माओवादी पार्टीको नाम र झन्डा फेर्ने प्रस्ताव गरेकाले फेरि किन जनयुद्धमा बिदा दिए ? यसबाट उनी आफ्ना नयाँ टार्गेटेड भोटर (सहरी मधयम वर्ग) र पुराना समर्थक (जसले युद्ध लडे, चोट खाए) दुवैलाई खुशी पार्न चाहन्छन् भन्ने नै देखिन्छ। एकातिर उनी बिदा धेरै भयो भन्छन्- अर्कातिर दुई दिन बिदा त उनैले थपे। प्रचण्ड सरकारले नै हो विमान दुर्घटनामा पनि बिदा दिएको।

-मलाई लाग्छ- जनयुद्ध र जनआन्दोलनको उपलब्धि गणतन्त्र भएकाले वैशाख ११ तेरो दिवस, फागुन ७ उसको दिवस, फागुन १ मेरो दिवस नभनी गणतन्त्र दिवसलाई नै मुख्य दिवस मानेर बिदा पनि त्यसैमा गर्दा हुन्छ। साथै, साप्ताहिक बिदा दुई दिन कायम गरी पर्व र संस्कृतिका थुप्रै बिदा घटाउन सकिन्छ। बरू, आआफ्नो भेगको परम्परा र संस्कृति अनुसार प्रदेश सरकारहरू आफ्नो प्रदेशमा नयाँ ढंगले बिदा समायोजन गर्नसक्छन्। स्थानीय बिदाहरूलाई यस्तोमा उपयोग गर्न सकिन्छ।