मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक संजाल   

अमेरिकामा अहिलेसम्म सदस्यता नखोल्नु पक्कैपनि राम्रो कुरा होईन -सुनील साह

अमेरिकामा अहिलेसम्म सदस्यता नखोल्नु पक्कैपनि राम्रो कुरा होईन -सुनील साह

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सम्पूर्ण अमेरिकाबासी एनआरएनहरुमा नमस्कार ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सदस्यताका सम्बन्धमा साथी भाईहरुले प्रत्यक्ष भेटमा होस् या अन्य माध्यमवाट कुराकानीका क्रममा जिज्ञासा राख्ने गर्नुभएको छ । त्यो जिज्ञासालाई मैले मेरो तर्फवाट सकारात्मक र संस्थाप्रतिको मायाको रुपमा लिएको छु । र यस सन्दर्भमा संघको निवर्तमान अध्यक्षको नाताले मेरो के धारणा रहेको छ भने संघको सदस्यता तत्काल खुल्ला गर्नुपर्दछ ।

विश्वका विभिन्न देशहरुमा रहेको एनआरएनए एनसिसीहरुले सदस्यता खुलाई प्रक्रिया धमाधम अघि बढाईरहेका छन् । तर विश्वमै सबैभन्दा बढी एनआरएनहरु भएको देश अमेरिकामा अहिलेसम्म सदस्यता नखोल्नु पक्कैपनि राम्रो कुरा होईन भन्ने मेरो धारणा रहेको छ । सदस्यताका सन्दर्भमा एनआरएनए आईसिसीले स्पष्ट मार्गनिर्देशन दिईसकेको छ भने त्यही अनुरुप विभिन्न देशहरुमा सदस्यता खोल्ने र सदस्यहरु बन्ने क्रम अघि बढेको छ । एनआरएनए आईसिसी र एनआरएनए एनसिसी अमेरिकाका बीचमा पनि सदस्यताका सम्बन्धमा पनि विगतमा केही विषयमा छलफल गर्नुपर्ने रहेको थियो र ती विषयमा छलफल पनि भैसकेको छ , सहमती समेत बनिसकेको छ । तर पनि के कति कारणले सदस्यता खुलाईएको छैन यसको यकिन छैन ।

विगतमा विश्वमै सबैभन्दा बढी एनआरएनएको सदस्यता भएको देश अमेरिकामा छिटो भन्दा छिटो सदस्यता खुलाउनका लागि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु । यस सम्बन्धमा संघको पूर्व अध्यक्ष समेत रहनुभएका एनआरएनए आईसिसीका महासचिव डा. केशव पौडेल, यस अमेरिकाज क्षेत्रवाट क्षेत्रीय संयोजक भैसक्नुभएका एनआरएनए आईसिसीका महासचिव गौरीराज जोशी र मेरो विचमा भएको भेटघाटमा पनि मैले यो विषय उठाएको पनि सबैमा जानकारी गराउन चाहन्छु ।

आशा छ अब छिट्टैं एनआरएनए अमेरिकाको सदस्यता खुल्नेछ ।
सबैमा धन्यवाद ।

सुनील साह
निवर्तमान अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,अमेरिका ।