मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

‘कठिन मेहनत गरेको थिए, कुनै दिन त्यसको परिणाम आउँछ भन्ने विश्वास थियो’

‘कठिन मेहनत गरेको थिए, कुनै दिन त्यसको परिणाम आउँछ भन्ने विश्वास थियो’


शेयर गर्नुहोस:

378
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा मंगलबार नामिबियाविरुद्ध ऐतिहासिक जित निकाल्दा शतक प्रहार गरेपछि नेपाली टिमका ओपनर ब्याटर कुशल भुर्तेलले यो आफ्नो कठिन मेहनतको परिणाम भएको प्रतिक्रिया दिए ।

लिग–२ अन्तर्गत त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध दुई विकेटको जित निकालेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नामिबियाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । नामिबियाविरुद्ध नेपालले भेट्टाएको यो लक्ष्य नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै ठूलो योगफल हो ।

खेलपछिको पत्रकार सम्मेलनमा बीचमा प्रदर्शन केही खस्किएर पुनः लयमा फर्किँदा कस्तो महसुस हुँदै छ ? भन्ने प्रश्नमा उनले आफूले आफ्नो जीवनको उच्च र न्यून विन्दुमा खास ध्यान नदिएको बताए ।

“त्यसमा मैले धेरै सोचेको थिइनँ । मेरो पछाडि कठिन मेहनत छ, त्यसले कुनै दिन परिणाम दिनेछ भन्ने विश्वास थियो । कहिले कठिन अवस्था आइहाल्छ नि । त्यसमा खास ध्यान दिएको थिइनँ । आफ्नो कार्य गरिरहेको थिएँ,” कुशलले भने ।

“खुसी छु । पहिलोपटक एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्दा पक्कै पनि खुसी लागिहाल्छ । तर, टिमले ठूलो लक्ष्य भेट्टायो, त्यसमा धेरै खुसी छु । अबका १२ खेलमा के के गर्ने भनेर योजना बनाएका थियौं, त्यहीअनुरुप आजको खेल भयो । ओपनिङ गर्नमा नै म आत्मविश्वासी महसुस गर्छु । प्रशिक्षकले भूमिका दिनुभयो । त्यसमा स्कोर बनाउन सफल भए,” कुशलले भने, “शतक प्रहार गर्दा पनि टिमले जितिसकेको थिएन । एक सेट ब्याटरको रुपमा टिमलाई जितसम्म लग्नुपर्ने मेरो जिम्मेवारी थियो । आउट भएँ, त्यसकारण त्यति खुसी पनि भइन् । टिमलाई जितसम्म डोहोर्याउन सकेको भए अझ धेरै खुसी हुने थिएँ । एक–दुईओटा साझेदारीले खेललाई नतिजासम्म पूर्याउन सक्छौँ भन्ने थियो । रोहित र मेरो साझेदारी बन्यो पनि । टिममा सबै सकारात्मक छन् । सबैले एक अर्कालाई सर्पोट गरिरहेका छन् । स्यान्डी कतिपछि आयो, उसलाई पनि टिमले सर्पोट गरिरहेको छ । खेलमा जे भए पनि प्रशिक्षकले खेलाडीलाई सकारात्मक राखिरहनुभएको छ । १२खरीबाट

शेयर गर्नुहोस:

378
Shares