इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता जारी

तेहरान । इरानले संयुक्त राज्य अमेरिकासँग सन्देश आदानप्रदानको प्रक्रिया पाकिस्तानमार्फत निरन्तर जारी रहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेहरानले अमेरिकाबाट प्राप्त पछिल्ला प्रस्ताव तथा धारणा अध्ययन गरिरहेको जानकारी दिएका हुन् । सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले पाकिस्तानका गृहमन्त्री मोहसिन नक्भीको तेहरान भ्रमणले दुवै पक्षबीच आदानप्रदान भएका मस्यौदा प्रस्तावहरूबारे स्पष्टता ल्याउन र संवादलाई…