काठमाडौँ । अदालतमा कार्यरत महिला न्यायाधीश, कर्मचारी एवं सेवाग्राही महिलाको अवस्था र आवश्यकता अनुकूलको कार्यस्थलको व्यवस्था गर्नेलगायत १२ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै दोस्रो महिला न्यायाधीश सम्मेलन, २०८१ सम्पन्न भएको छ । प्रतिबद्धता पत्रमा कार्यस्थलमा लैंगीक संवेदनशीलता कायम गर्दै यौनजन्य हिंसा वा दुर्व्यवहार हुन नदिनेतर्फ विशेष सजगता र उपयुक्त उपायको अवलम्बन गर्ने, शिशु स्याहार केन्द्र…