आमाले सन्तानका बाबु भनेका पुरुष नै गलत सावित

ललितपुर । आमाले नै आफ्ना सन्तानका बाबु फलानु हो भनेर तोकिएका अधिकांश व्यक्ति गलत सावित भएका छन् ।    खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आउने कतिपय मुद्दामा आमाले आफ्नो सन्तानका बाबु भनेका पुरुष बाबु प्रमाणित नभएको पाइएको हो ।    प्रयोगशालामा आउने मुद्दामध्ये आधामा दाबी गरिएका व्यक्ति बाबु प्रमाणित नभएको प्रयोगशाला प्रमुख जीवनप्रसाद रिजाल बताउँछन्…