दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेस बन्दीपुर गाउँसमितिले सोमबार डुम्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेकाले पार्टीलाई सशक्त र एकजुट बनाउनुपर्नेमा जोड दिए । “कांग्रेस एकजुट भए मात्रै विपक्षीसँग प्रतिस्पर्धा गर्न सक्छौँ, पार्टीभित्र भएका…