बूढीगण्डकीको निर्माण सुरु गर्ने माओवादीको सङ्कल्प

काठमाडौँ । लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई तीव्रताका साथ सुरु गर्ने लक्ष्यसहित सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।   सो आयोजना निर्माणका लागि सरकारले कम्पनी स्थापना गरिसकेको छ । कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना लामो समयसम्म राजनीतिक अन्योलमा फसेको…