मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

स्व प्रदीप गिरि समाजवाद बुझेका नेता : सभापति देउवा

स्व प्रदीप गिरि समाजवाद बुझेका नेता : सभापति देउवा


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व नेता प्रदीप गिरि बिपी कोइरालापछि प्रजातान्त्रिक समाजवाद बुझेका नेता भएको बताएका छन् ।

स्व गिरिको प्रथम स्मृति दिवसका अवसरमा स्कूल अफ डेमोक्रेसीले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले उनी समाजवादका बारेमा धेरै बुझेका मान्छे भएको उल्लेख गरे । सभापति देउवाले भने, “उहाँ बिपी पछिका समाजवाद बुझेको नेता हो । समाजवादका बारेमा भन्न सक्ने र व्याख्या गर्न सक्ने नेता हो । त्यसैले उहाँले लेखेका कुरा र विचार हाम्रो पार्टीले ‘कम्पाइल्ड’ गरेर राख्नुपर्छ ।”

Advertisement
ADVERTISEMENT

स्व प्रदीप गिरि अध्ययनकर्ता मेहनती र धेरै राजनीतिक ज्ञान भएको नेता भएको बताउँदै सभापति देउवाले उनी सधैँ प्रजातन्त्रको पक्षमा रहेको उल्लेख गरे । “प्रजातान्त्रिक समाजवाद बहुदलमा विश्वास गर्ने स्व नेता गिरिले सधैँ सहयोग गर्नुभयो तर मन्त्रिपरिषद बस्नुस् भन्दा मान्नु भएन”, सभापति देउवाले स्मरण गरे ।

कांग्रेसमा कदमजम (कर्णाली, दलित, मधेसी, जनजाति, महिला) पनि स्व नेता गिरिकै धारणा भएको भन्दै सभापति देउवाले उनी सच्चा मानेमा समावेशीताको पक्षधर नेता भएको बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले स्व गिरिले मधेस र पहिचानका आन्दोलनलाई अधिकारको आन्दोलन भनी सधैँ समर्थन गरेको स्मरण गरे ।

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्व गिरि लोकतन्त्रका लागि सङ्घर्षरत अभियन्ता भएको बताउँदै उनका योगदानलाई लिपीबद्ध गर्नुपर्ने सुझाव दिए ।

नेकपा (एकीकृत समाजवादी)का घनश्याम भुसालले स्व गिरि मार्क्सवादका बारेमा कम्युनिष्टभन्दा बढी जानकार व्यक्तित्व भएको बताउँदै मार्क्सवादप्रति उनको लगाव पनि उत्तिकै रहेको उल्लेख गरे।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले स्व गिरिका चिन्तनका बारेमा छलफल गर्न विभिन्न दलका नेता एकै मञ्चमा उपस्थित हुनु उनीप्रति सम्मान भएको बताए ।

कार्यक्रममा कांग्रेस नेता एवं केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, कांग्रेस केन्द्रीय सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्मा र कांग्रेस केन्द्रीय सदस्य एवं स्कूल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महर, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झा, स्व गिरिका धर्मपत्नी भारती सिलवाल गिरिगायतले स्व प्रदीप गिरिको राजनीतिक विचार र उनको योगदानका बारेमा चर्चा गरेका थिए ।

शेयर गर्नुहोस:

81
Shares