काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारको मूल नीति रहेको बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठनले आज आयोजना गरेको ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रवर्द्धनका चुनौती’ विषयक कार्यक्रममा उनले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल नीति भएको बताएका हुन् । संविधान, कानूनअनुसार काम गरेमा आफैँ सुशासन कायम हुने उनको भनाइ…