रत्ननगर नगरपालिकाको सार्वजनिक सुनुवाइमा उठाइए विविध सवाल

चितवन । रत्ननगर नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ शुक्रबार रत्ननगर नगर कार्यपालिका परिसरमा सम्पन्न भएको छ । कार्यक्रममा ३० जनाभन्दा बढी नगरवासीले आआफ्ना जिज्ञासा, रायसुझाव र प्रश्न राखेका थिए ।    कार्यक्रममा सहभागीहरुले सेवा प्रवाहमा ढिलासुस्ती हटाइनुपर्ने, अव्यवस्थित बसोबास गरिरहेका भूमिहीनको व्यवस्थापन गरिनुपर्ने, विद्यालयमा अभिभावकलाई व्यवस्थापन समितिको अध्यक्ष बनाइनुपर्ने, रत्ननगरमै दमकलको व्यवस्था गरिनुपर्ने, दैवीप्रकोप पूर्वतयारी…