मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

अस्पताल पुगेर गृहमन्त्रीले लिए बस दुर्घटनाका घाइतेको उपचारबारे जानकारी

अस्पताल पुगेर गृहमन्त्रीले लिए बस दुर्घटनाका घाइतेको उपचारबारे जानकारी

हिमालय खबर

शेयर गर्नुहोस:

351
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले त्रिवि शिक्षण अस्पतालमा पुगेर बस दुर्घटनामा परी घाइते भएकाहरुको स्वाथ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए भने १६ जना घाइते भएका छन् । घाइते भएकाहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सोही घटनापछि भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौँ आइपुगेकी छन् । उनी पनि घाइतेहरुको शिक्षण अस्पताल पुगेर घाइतेहरुको अवस्था बुझेकी छन् । गृहमन्त्री लेखकले भारतीय राज्यमन्त्रज्ञी खड्सेसँग पनि संवाद गरेका थिए ।

घाइतेहरुको अवस्थाबारे जानकारी लिएसँगै त्रिवि शिक्षण अस्पताल परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले घाइतेहरुको उचार राम्रोसँग भइरहेको बताए ।

‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अत्यन्त मेहनतका साथ धेरै चाँडो काम गरेर केही मानिसहरुलाई बचाउन सकियो । केही मानिसहरुको मृत्यु पनि भएको छ, दुःखद् घटना भएको छ । घाइतेहरुको यहाँ उपचार भइरहेको छ । अहिले राम्रोसँग उपचार भइराखेको छ । भारतबाट पनि एकजना राज्यमन्त्रीजी आउनु भएको छ । उहाँकै निर्वाचन क्षेत्रका मानिसहरु हुनुहुँदोरहेछ, महाराष्ट्रको । उहाँ पनि भेटघाट गरिहनु भएको छ,’ मन्त्री लेखकले भने ।

घाइते १६ जनामध्ये एक दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सुधार हुँदै गएको मन्त्री लेखकले जानकारी दिए ।