काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २७औँ साधारणसभाको सन्दर्भमा आयोजित ‘आजको सन्दर्भमा मानव अधिकार संवैधानिक हक र प्रचलन’ विषयक अन्तरक्रियामा उनले संविधान बनाउनेहरूले कार्यान्वयन गर्ने इच्छाशक्ति देखाउनुपर्छ भने । ‘संविधान अनुकूलका कानुन बनाउन ढिलाइ भइरहेको छ, बनाउनुपर्ने…