काठमाडौँ । सत्तारुढ सात दलले पछिल्लो समय अवाञ्छित क्रियाकलाप भइरहेको भन्दै सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सात दलको बैठकले अराजकतालाई प्रोत्साहन गर्ने गरी सडकबाट सरकारको विकल्प खोज्ने कुरा अस्वीकार्य भएको भन्दै साझा वक्तव्य जारी गरेका हुन् । ‘छ दशक लामो राजनीतिक आन्दोलनबाट जनता सार्वभौमसत्ता सम्पन्न भएको…