मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

रविलाई थुनामा पठाउने आदेशपछि रास्वपा नेताहरूबीच छलफल

रविलाई थुनामा पठाउने आदेशपछि रास्वपा नेताहरूबीच छलफल

हिमालय खबर

शेयर गर्नुहोस:

945
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने अदालतले आदेश गरेसँगै पार्टीका नेताहरू छलफलमा जुटेका छन् ।

अहिले काठमाडौँमा उपलब्ध नेताहरू छलफलमा जुटेका छन् । सचिवालयका एक नेताका अनुसार, अबको रणनीतिबारे योजना बनाउने गरी नेताहरू छलफलमा जुटेका हुन् ।

रास्वपाले शनिबार चितवनमा जनयात्रा शुभारम्भ कार्यक्रम आयोजना गरेको थियो । उक्त सभालाई सम्बोधन गर्दै धेरै कुरा भन्ने लामिछानेले बताएका थिए ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश जारी गरेको हो । न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उनलाई थुनामा पठाउन भनेको हो ।