सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा प्रमुख दलबीच सहमति

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटेको छ । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्रको बैठकबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो । बैठकपछि बोल्दै गृहमन्त्री रमेश लेखकले भने, “आज उपलब्धि भएको छ । हाम्रा बीचमा मिल्न बाँकी सबै कुरा मिलेको छ ।” विधेयकका चारवटा विषयमा लामो छलफलपछि सहमति भएको उनको भनाइ छ…