काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता आवश्यक पर्ने बताएका छन् । मनास्लु वल्ड स्कुलले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कुनै पनि विकसित देश एकैदिनमा नबनेको बताएका हुन् । ‘रोम वाज नट बिल्ट इन अ डे’ भनेजस्तै अहिलेका विकसित देश अमेरिका,बेलायतसहितका देशहरू बन्न वर्षौँ लागेको चर्चा गर्दै…