मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

‘लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा’

‘लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा’

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाटन । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा निहित रहेको बताएका छन् ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रसार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान विषयक बागमती प्रदेशस्तरीय कार्यक्रममा पूर्वउपसभापति निधिले गणतन्त्र र वर्तमान व्यवस्थाका पक्षमा जनतामा सकारात्मक धारणा विकास गराउन सङ्गठित सैद्धान्तिक, राजनीति र वैचारिक बहसलाई जोड दिनुपर्ने बताए ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणाली चिरायू रहन्छ भनेर जनतालाई आस्वस्त पार्नुपर्छ, सरकार फेरिएला, नेता फेरिएलान्, चुनावबाट नेतृत्व परिवर्तन लोकतान्त्रिक व्यवस्थामा सामान्य कुरा हो, जनताको अधिकार हो, २०८४ मा चुनाव हुँदा केही परिवर्तन हुन्छ, लोकतान्त्रिक पद्धतिको सफल प्रयोग जनताका पक्षमा गर्नु जरुरी छ”, उनले भने ।

पूर्वउपसभापति निधिले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने भ्रमपूर्ण प्रचारलाई चिर्दै थप समृद्धि हासिल गर्न लाग्नुपर्ने अवस्था छ भन्नेमा नेता तथा कार्यकर्ताको ध्यानाकर्षण गराए । “सहभागितमूलक नीतिनिर्माण र समावेशी शासन व्यवस्थाका लागि कांग्रेसले धेरै काम गरेको छ, पहिलेभन्दा धेरै परिवर्तन भएको छ, लोकतन्त्रमा दल, नेता र नेतृत्वलाई खबरदारी गर्न अधिकार जनतामा छ”, उनले भने ।

पूर्वउपप्रधानमन्त्री निधिले वर्तमान समयमा विषयमा केन्द्रित रहेर गरिने बहसको अभाव हुँदै गएको छ भन्दै चिन्ता व्यक्त गरे ।

“राष्ट्रको निर्माण, राज्य प्रणालीको व्यवस्थापनमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको छ, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको विकास राज्यको व्यवस्थित आम्दानी र खर्च प्रणाली, लोकतान्त्रिक राज्य प्रणालीको विकासमा नेपाली कांग्रेसले अतुलनीय योगदान गरेको छ, २००७ सालपछि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अभ्यास सुरुआत भयो, त्यसअघि राणाहरुको हुकुमी शासनका आधारमा हुन्थ्यो, गहिरिएर अध्ययन गर्ने हो भने आधुनिक राज्यको निर्माण र राज्य प्रणालीको व्यवस्थापनमा कांग्रेसले धेरै काम गरेको छ”, उनले भने ।