मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

अमेरिकी राजदूत मुस्ताङमा

अमेरिकी राजदूत मुस्ताङमा


शेयर गर्नुहोस:

351
Shares

  • change font
  • change font
  • change font

मुस्ताङ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन मुस्ताङका सांस्कृतिक सम्पदाको अवलोकन गर्न मुस्ताङ पुगेका छन् । यहाँका सांस्कृतिक सम्पदाको सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले उनी अवलोकन भ्रमणका लागि यहाँ पुगेका हुन् ।

नेपाल र अमेरिकाबीचको साझेदारीलाई बलियो बनाउन तथा दिगो पर्यटन, आर्थिक वृद्धि र सांस्कृतिक निरन्तरतामा योगदान पु¥याउने उद्देश्यले राजदूत थम्पसनले मुस्ताङको भ्रमण गरेका नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

राजदूत थम्पसनसहितको टोलीले अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी) को सहयोगमा जीर्णोद्वार गरिएका सांस्कृतिक सम्पदास्थलको भ्रमण गर्नुहुने अमेरिकी दूतावासले जनाएको छ । साथै सोही क्रममा राजदूत थम्पसनले स्थानीय समुदाय तथा परियोजना टोलीहरुसँग छलफल तथा अन्तर्क्रिया गर्ने बताइएको छ ।

एएफसिपीमार्फत जीर्णोद्वार गरिएका सम्पदाको स्थलगत अवलोकनका क्रममा राजदूत थम्पसनले उपल्लो मुस्ताङमा शनिबारदेखि सुरु हुने तिजी पर्वको अवलोकन गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

उनले बिहीबार वारागुङ मुक्तिक्षेत्र–२ झोङस्थित गुम्बाको अवलोकन गरेका हुन् । एएफसिपीबाट जीर्णोद्वार सम्पन्न भएको झोङ गुम्बाको अवलोकनका क्रममा राजदूत थम्पसनले यहाँको समुदायको पहिचान एउटा जीवन्त हिस्सा भएको उल्लेख गरे । जीर्णोद्वारसम्बन्धी कार्यबाट यहाँको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जर्गेना गर्न टेवा पुग्ने उनको भनाइ छ ।

मुस्ताङमा एएफसिपीमार्फत तीन परियोजनामा सहयोग प्राप्त भएको छ । राजदूत थम्पसनले आज भ्रमण गरेको झोङ गुम्बा, गोन्पा गाङ गुम्बा, लोघेकर गुम्बा (घर गुम्बा) तथा लोमान्थाङस्थित जम्पा ल्हाखाङ गुम्बा, थुप्चेन गुम्बा र छोडे गुम्बाको अवलोकन भ्रमण गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

शेयर गर्नुहोस:

351
Shares