चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले पत्रकार कुटेको घटनाको पत्रकार सम्बद्ध संघसंगठनहरुले विरोध जनाएका छन् । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायतका आरोपमा भइरहेको अनुसन्धानको विरोधका उत्रिएका रास्वपाका कार्यकर्ताले समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघका सदस्य तथा कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजामाथि कुटपिट गरेका हुन् ।…