लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : परराष्ट्रमन्त्री डा. राणा

कैलाली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन् । धनगढीमा शनिबार आयोजित नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उनले लोकतन्त्र र प्रजातन्त्र स्थापनामा पत्रकारिता क्षेत्रले सुरूवाती दिनदेखि नै सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरिन् । मन्त्री राणाले लोकतन्त्र स्थापना…