मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

घोषणा गरिएको मितिमा यही सरकारले निर्वाचन सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

घोषणा गरिएको मितिमा यही सरकारले निर्वाचन सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी फागुन २१ गते तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

गृहमन्त्रालय र गण्डकी प्रदेश सरकारद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री पाण्डेले तोकिएको मितिमा चुनाव नभए मुलकको अस्तित्व सङ्कटमा पर्ने उल्लेख गरे ।

Advertisement

“घोषणा गरिएको मितिमा यही सरकारबाट निर्वाचन सम्पन्न गर्नुपर्छ । एक पटक चुनाव सारियो भने अथवा प्रधानमन्त्री फेरियो भने यो मुलक राजनीतिक अस्थिरतामा कहाँ गएर फस्छ भन्न सकिने अवस्था छैन । चुनाव भएन भने राजनीतिक अस्थिरता अझ बढ्छ, सुरक्षा चुनौती मात्र होइन, मुलुकको अस्तित्व माथिनै चुनौती थपिन सक्छ”, मुख्यमन्त्री पाण्डेले भने ।

निर्वाचनका लागि सरकारले विश्वासको वातावरण बनाउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । उनले भने, “सुरक्षा निकायको मनोवल खस्केको अवस्था छ, जनता सुरक्षा निकायमाथि पूर्ण रुपमा विश्वस्त हुन सकेका छैनन् । केही हतिहार र अपराधी जेलबाट छुटेर बाहिर हिँडिरहेकाले निर्वाचन सम्पन्न गर्न चुनौती थपिन सक्छ ।”

राजनीतिक दलहरुप्रति सरकार पूर्ण विश्वस्त हुन नसकेको तथा दलहरुले समेत कतै हामीलाई सरकारले बाहिर राखेर अघि बढ्न खोजेको हो की भन्ने परेकाले सरकार र दलबीच विश्वासको वावतावरण बनाउनुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए । सङ्घीय सरकार बाहेक बाँकी सरकारको नेतृत्व दलहरुका प्रतिनिधिले गरेकालेसमेत सङ्घीय, प्रदेश र स्थानीय तहबीच विश्वासिलो तथा भरोसायोग्य वातावरण बनाउनुपर्ने उनले बताए ।

“राजनीतिक परिस्थितिका बाध्यताले अहिले निर्वाचनका लागि सङ्घीय सरकार बनेको छ, बाँकी सरकार दलहरुले नेतृत्व गरेका छन् । सङ्घीय, प्रदेश र स्थानीय तहबीचको सरकारबीच समन्वय सम्बन्ध र विश्वासिलो वातावरण बनाउँदा मात्र हामीमाथि थपिएको सुरक्षाको चुनौती र निर्वाचन सम्पन्न गर्नका लागि थपिएको चुनौती सामना गर्न सकिन्छ”, मुख्यमन्त्री पाण्डेले भने ।

शेयर गर्नुहोस:

108
Shares