सरकार दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिको यात्रामा प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको बताएका छन् । राष्ट्रिय सहिद दिवसका अवसरमा सङ्घीय सरकारद्वारा सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उनले सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व भएको उल्लेख गरे। गृहमन्त्री लेखकले…