मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

गायक प्रशान्त तामाङको निधन

गायक प्रशान्त तामाङको निधन


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गायक एवं कलाकार प्रशान्त तामाङको ४२ वर्षको उमेरमा आज हृदयाघातका कारण निधन भएको छ । उनको निधनसँगै दार्जिलिङवासीलगायत संसारभर रहेका नेपाली भाषी यतिबेला निशब्द छ ।
सन् २००७ मा भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो सिजनको ग्रान्ड फिनालेमा गायक तामाङले नेपाली भाषीबीच लोकप्रिय भएका थिए । साथै उनले गायन क्षेत्रमा मात्रै नभई नेपाली चलचित्रमा समेत आफ्नो अभियनले राम्रो छाप छोडेका थिए । उनको गायनसँगै अभियनसमेत दर्शकले मन पराएका थिए ।
‘हिम्मत–२’ बाट नेपाली चलचित्रमा पाश्र्वगायकका रुपमा प्रवेश गरेका प्रशान्तले ‘गोर्खा पल्टन’ चलचित्रमा अभियन गरेर अझै लोकप्रियता कमाएका थिए । उनको अभियन यात्रा यसै चलचित्रबाट सुरू भएको थियो ।
अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत गायक तामाङ काम गर्दाको क्षण अविस्मरणीय रहेको लेख्दै भावपूर्ण श्रद्धान्जली व्यक्त गरेकी छन् । उनका अनुसार सन् २०१० देखि २०११ को समयमा तामाङको स्वरले सजिएको गीत ‘मनसाइली’ मा अभिनय गर्दा निकै अमूल्य पलहरू सँगालेको स्मरण गरिन् । साथै, परदेशी–२ मा उनीसँगै काम गर्दाका सम्झनाहरू, मुस्कान जीवन्त रहेको बताइन् ।
अभिनेत्री दिपाश्री निरौलाले तामाङलाई भावपूर्वक सम्झँदै पुराना तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन् । गायन, अभियन मात्रै नभई तामाङको मित्रवत् व्यवहारको उनले प्रशंसा गरेकप् छन् ।  ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी–२’ मा नारायण रायमाझीको निर्देशनमा तामाङले चलचित्र अभियन गरेका थिए ।

शेयर गर्नुहोस:

135
Shares