काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आइतबारका लागि सकिएको छ । शुक्रबारदेखि काठमाडौँ प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि आइतबार बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो, बयान अझै नसकिएकाले सोमबार पनि जारी रहने भएको छ । बिहीबार साँझ पोखराबाट काठमाडौँ ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा सोमबारसम्म काठमाडौँमा नै…