अन्तरिम प्रधानमन्त्रीका लागि सुशीला कार्की र राष्ट्रपति पौडेलबीच भेट

काठमाडौँ – अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच अहिले भेटवार्ता भइरहेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयका सदस्यहरूले यस भेटवार्ताबारे पुष्टि गरेका छन्। साथै, कार्कीले आफूलाई प्रधानमन्त्रीका रूपमा समर्थन गर्ने बालेनलाई पनि यसबारे जानकारी गराएको स्रोतले जनाएको छ। यसैबीच, जेन-जी युवाहरूको समूहले राष्ट्रपति पौडेललाई आज राति…